बारा प्रहरीमा चाेरलाई चाैतारी साधुलाई सुली

रिपोर्ट नेपाल | 2020 Aug 26 | 09:00 am 4513

बारा, भदाै १०ः चाेरलाई चाैतारी साधुलाई सुली भन्ने कहानीलाई ठ्याक्कै बारा प्रहरीमा लागु भएकाे छ । तस्करलाई लाइन दिनेलाई स्याबासी र तस्करीका सामान समाउनेलाई कारबाही गरिएकाे समाचार प्राप्त भएकाे छ ।

रिपाेर्ट नेपाललाई बाराबाट प्राप्त समाचार अनुसार २ नम्बर प्रदेश दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय बारा सिमराैनगढमा कार्यरत इनेस्पेक्टर सुरेन्द्र बहादुर तामाङले हप्तामा तीन दिन कपडा र मरिच तस्करलाई लाइन दिएका छन् ।

झण्डै डेढ दर्जनकाे संख्याका तस्करलाई लाइन दिएर प्रति ग्रुप २५ देखि ३० हजार लिने गरेकाे बुझिएकाे छ । केही दिन अगाडि प्रहरी चाैकी कचरवाका असई प्रदिप गिरी खजानी चाैकीका राजु साह र पथराघाट अस्थायी प्रहरी चाैकीका हवल्दारले तस्करले ल्याएकाे सामान समाएकाेमा  पुरस्कृत हुनु पर्नेमा इनेस्पेक्टर तामाङले प्रदेशका प्रशासन हेर्ने डिएसपी अंशु सिंहलाई कुरा लगाएर सरूवा गरिएकाे छ ।

कर्तव्यनिष्ठ काम गर्ने प्रहरीले समाएकाे सामान वीरगंज भन्सार बुझाइएकाे छ ।

इनेस्पेक्टर सुरेन्द्र तामाङले लाइन दिएका तस्करहरूमा दिपक राय, गुरूदेउ प्रसाद, सनी यादव, दिनेश यादव, भाेला गुप्ता, भगत राउत, प्रमाेद अगुवा, सत्रुधन महताे, दिलीप कुशहवा, अर्वीन साह रहेका छन् ।

हप्ताकाे तीन दिन आइतबार, बिहीबार र शुक्रबार रातकाे १२ बजेदेखि बिहान ३ बजेसम्म इनेस्पेक्टर तामाङले लाइन दिएका छन् ।

प्रत्येक ग्रुपमा चार जना बनाएर तस्करी भइरहेकाे छ । इनेस्पेक्टर तामाङले गरेका बदमासी बारे जिल्लाका एसपी कति जानिफकार छन् त्याे भने बुझ्न सकिएकाे छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.