काभ्रेका डिएसपी सम्मानीत

रिपोर्ट नेपाल | 2020 Aug 25 | 01:23 pm 2466

काभ्रे, भदाै ९ः गत साउन १५ गते घटेकाे एक हत्याकाे घटनालाई राम्राे अनुसन्धान गरेकाे भन्दै जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत डिएसपी कुमार विक्रम थापा सम्मानीत भएका छन् ।

डिएसपी थापालाई (पुलिस अफ द मन्थ) बाट घाेषणा गरी सम्मान गरिएकाे जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे छ ।

गत साउन १५ गते धुलिखेल आरूबाेट फैदिटाेल बस्ने कामिसिंह तामाङकाे विभत्स हत्याकाे अनुसन्धान गरी दुई जनालाई पक्राउ गरिएकाे थियाे ।

रिपाेर्ट नेपाललाई प्राप्त समाचार अनुसार हत्यामा संलग्न २३ वर्षीय रूपेन्द्रमान लामा र संजिव मैनालीलाई पक्राउ गरिएकाे थियाे ।

डिएसपी थापाकाे अनुसन्धान टाेलीले घटनाकाे सफल अनुसन्धान गरी अपराधमा संलग्न दुई जनालाई त्यही दिन पक्राउ गर्न सफल भएकाे थियाे ।

प्रहरी उपरीक्षक रबीकुमार पाैडेलले हस्ताक्षर गरी हस्तान्तरण गरिएकाे सम्मान पत्रमा डिएसपी थापाले गरेकाे कार्यकाे प्रशंसा गरिएकाे छ ।

डिएसपी थापाकाे कमाण्डमा भएकाे अनुसन्धान टाेलीका कारण काभ्रेली जनताले प्रहरीलाई धन्यवाद दिएका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.