काठमाडौं, भदौ ८ः अवैध लागूऔषध अफिमको कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जाजरकोट त्रिवेणी नपा वडा नं ९ स्थायी घर भई हाल काठमाडौं तारकेश्वर नपा वडा नं ४ बस्ने २२ वर्षीय दिलीप विश्वकर्मा र दोलखा भिमेश्वर नपा ६ स्थायी घर भई हाल काठमाडौं तारकेश्वर नपा वडा नं ४ बस्ने १८ वर्षीया प्रमिला राउत रहेका छन् ।
प्रहरीले उनीहरूलाई लागूऔषध कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा खोजी गर्दै जाँदा काठमाडौं तारकेश्वर नपा वडा नं ४ शेषमति सानोपुल नजिक शंकास्पद रुपमा पछाडी भिर्ने कालो झोला बोकी हिंडिरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
दिलीप विश्वकर्माले बोकेको सो कालो झोला खानतलासी गर्दा झोला भित्र ६ केजी ५ सय ग्राम लागूऔषध अफिम जस्तो देखिने खैरो पदार्थ सहित महानगरीय अपराध महाशाखाको विशेष प्रहरी टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको जानकारी दिएको छ ।