नेपालमा थप ७ सय ४३ जनामा काेराेना पुष्टि

रिपोर्ट नेपाल | 2020 Aug 24 | 04:44 pm 1911

काठमाडाैं, भदाै ८: साेमबार नेपालमा थप ७ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्ने पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्त डा जागेश्वर गाैतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।

पछिल्लाे २४ घण्टामा देशभर रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् । योसँगै नेपालमा संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ।

साेमबार काठमाडाैंमा १ सय ७७ जना भक्तपुर १४  र ललितपुरमा ३३ जना  संक्रमित फेला परेका छन्।  संक्रमित बढेसँगै कोरोनाबाट मृत्यु हुने क्रम पनि बढेको छ।  पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको मन्त्रालय स्रोतले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.