महेश सिंह सिरहा, भदौ ८ः लहानकी एक समाजसेवी संगीता कर्माचार्यले आफ्नो जन्मदिनको उपलक्ष्यमा एकल महिलालाई ‘ग्याँस–चुलो’ उपहार दिएर जन्मदिन मनाएकी छिन् ।

संगिताकी जन्म २०२९ सालमा काठमाडौंको मरुटोलमा बुवा स्वर्गीय दुर्गा नाथ कार्माचार्य र आमा स्वर्गीय उर्मिला कार्माचार्यकी कोखबाट जन्मेकी संगिता अहिले देश ब्यापी रूपमा नेपालको राजनीतिमा सक्रिय रहेकी छिन् ।
उनले जन्मदिनमा मनाउन लाग्ने खर्च बराबरको ‘ग्याँस–चुलो’ खरिद गरी एक वृद्धा ७४ वर्षीय गरीब महिला छोबीदेवी बंगालीनलाई उपहार दिएकी हुन् ।
लहान नगरपालिका ८ स्थित ४० बर्ष अगाडिदेखि बंगालीन लहानको शिव चौकको एक कठघरामा चिया पसल गरी गुजारा गर्दै आएकी छिन्। वृद्धा बंगालिनले २० बर्ष अगाडि श्रीमान गुमाएकी हुन्।

बंगालीनका एक छोरा र एक छोरी छन्, छोरीको बिहे भएर श्रीमानको घर गईन्। छोरा शम्भु बंगालिन बिगत १० बर्ष देखि वैदेशिक रोजगारीको लागि मलेसियामा बस्दै आएका छन् । शम्भुको श्रीमती माईतिको घरमा बस्दै आएकी छन् । आमा छोबिदेबी बंगालिनलाई कसैले हेर्चा गर्दैन।
वृद्धा बंगालिन भन्छिन् श्रीमान हुँदाखेरी केही समस्या थिएन वहाँ बित्नु भयो समस्या एक्कासी मेरोमा आईसक्यो। श्रीमान् दिगोन चन्द्र देब क्षयरोगबाट बर्सौदेखि ग्रसित थिए ।
छोबि देबि बंगालीन अहिले ७३ बर्षकी छिन् । नेपाल सरकारबाट दिने गरेको समाजिक सुरक्षा भत्ताको सहाराले बाचेकी छिन् ।
केही दिन अगाडि उनको कठघरामा रहेको ग्यास चुलो समेत चोरी भएपछि लकडाउनमा गुजारा चलाउन समस्या परेको थियो ।
समाजसेवी संगिताले यो कुरा थाहा पाएपछि आफ्नो जन्मदिनको अवसर पारेर ग्याँस चुलो उपहार दिइन् । ‘ग्याँस–चुलो’ पाएपछि उनी खुःशीले भइन् ।
‘ग्याँस–चुलो’ बुझ्दै ति एकल महिलाले समाजसेवी संगीतालाई जन्मदिनको शुभकामना समेत दिइन् ।
समाजसेवी संगीता र उनका पति महेश चौधरी पछिल्लो समय सिरहामा निकै चर्चामा आएका छन्। लकडाउनबाट प्रभावित र हातमुख जोड्न समस्यामा परेका लहानका हजारौं गरिब दलितलाई राहत बाँडेपछि महेश र संगीता की जताततै ब्यापक चर्चा चुलिँदै छ।
लहानमा अहिले महेश र संगीतालाई ‘मस’जाडी भनेर चिन्न थालेका छन्। केही साता अगाडी काङ्ग्रेस नेता महेश चौधरीले सिरहाको लहान नगरपालिका २४ पंकीटोलको दलित बस्तीमा इनार निर्माण गरी आफ्नो जन्मदिन मनाएका थिए ।