विद्यालयको आर्थिक उन्नतिका लागि वृक्षा रोपन 

रिपोर्ट नेपाल | 2020 Aug 23 | 06:44 pm 2693

  • महेश सिंह

सिरहा, भदौ ७ः सिरहाको सुखीपुर नगरपालिका जनता माध्यमिक विद्यालय सुखीपुरले एक कार्यक्रमको आयोजना गरी स्कुलको चार विगाहा जग्गामा ८ हजार वृक्षा रोपन गरेको छ ।

सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवको प्रमुख आतिथ्यमा जनता माध्यमिक विद्यालय सुखीपुरका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुर्य नाथ मण्डलको अध्यक्षतामा बिभिन्न प्रजातीका ८ हजार विरुवा रोपेको प्रधानाध्यापक सत्य नारायण यादवले बताए।

उक्त विद्यालय सुखीपुर नगरपालिकाको वडा नम्बर ८ र ३ कुशहा लक्ष्मिनियाँ स्थित रहेको जनता माध्यमिक विद्यालयको जग्गामा वृक्षा रोपन कार्यक्रम सम्पन्न गरेको छ । निःशुल्क वृक्षा र तारवार डिभिजन वन कार्यालय लहानको सहयोग रहेको छ ।

रोपिएको वृक्ष म नरहेपनि विद्यालयको ठूलो आम्दानीको श्रोत हुने भएकोले म आफ्नो कार्यकालको पहिलो कार्य वृक्षा रोपनबाट शुरुवात गरेको छु । रोपिएको ८ हजार बोट मध्ये अधिकांश विरुवा मलेसियन सखुवाको रहेकोले २० वर्षपछि करौडौं रुपैयाँको सम्पत्ति स्कुलको हुने उनले बताए।

त्यसैले जनसमुदायलाई आफ्नै वृक्ष सम्झी संरक्षणमा समेत सहयोग गरिदिनहुन जनता माध्यमिक विद्यालय सुखीपुरका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुर्य नाथ मण्डलले स्थानीयलाई सहयोग गर्न आग्रह समेत गरेका थिए ।

कार्यक्रममा सुखीपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हरिवंश महतो, वडा नम्बर ३ का राम करण दास, नेकपा नेता महेश साह, रजित पजियार, नेपाली कांग्रेसका प्रतिनिधि राम प्रसाद चौधरी, राम औतार यादव, जनता समाजवादी पार्टीका दौरिक चौधरी, रमेश चौधरी, नेकपाका नगर सुधार समितिका अध्यक्ष वीपी भुवन यादव, विद्यालयको शिक्षक, ब्यवस्थापक समतिका सदस्यहरु, ईलाका प्रहरी कार्यलयका प्रहरी कार्यालय सुखीपुर, सशस्त्र वेश क्याम्प सुखीपुरका प्रतिनिधी सहित अन्य कर्मचारीहरु र स्थानीय बुद्धिजिबि समाजसेवी समेतको उपस्थितिमा आइतबार वृक्षा रोपन गरिएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.