काठमाडाैं, भदाै ६ः शनिबार नेपालमा थप ६ सय ३४ जनामा कोरोना पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्ने पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।
पछिल्लाे २४ घण्टामा देशभर रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित पुष्टि भएका हुन् ।
याेसँगै नेपालमा संक्रमित हुनेकाे कुल संख्या ३१ हजार १ सय १७ पुगेको छ ।
काठमाडाैं उपत्यकामा आज २ सय १६ संक्रमित भेटिएका छन्। १ सय ३६ जना शनिबार डिस्चार्ज भएका छन्।