स्पेनिस फ्लू भन्दा कोरोना महामारी चाँडो नियन्त्रणमा आउने

रिपोर्ट नेपाल | 2020 Aug 22 | 07:15 am 2259

काठमाडौं, भदौ ६ः विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका प्रमुख टेड्रोस अधानम घेब्रेयससले स्पेनिस फ्लू भन्दा कोरोना भाइरसको महामारी चाँडो नियन्त्रणमा आउने बताएका छन् । उनले कोरोना भाइरसबाट उत्पन्न महामारीबाट पार पाउन सक्ने आशा व्यक्त गरेका छन् । सन् १९१८ मा फैलिएको स्पेनिश फ्लुभन्दा कोरोना नियन्त्रण गर्न सजिलो रहेको बताएका छन् ।

विश्वभर बढेको मानिसको आवतजावतका कारण कोरोना भाइरस तीव्र गतिमा फैलिएको भएपनि स्वास्थ्य सजगता र नियन्त्रणका उपायहरु रहेकाले यसलाई छिट्टै नियन्त्रणमा लिन सकिने बताएका छन् । विज्ञान तथा स्वास्थ्य क्षेत्रमा भएको प्रगतिका कारण स्पेनिस फ्लूको तुलनामा कोरोना महामारी चाँडै नियन्त्रणमा आउने डब्लुएचओ निर्देशकको तर्क छ।

स्पेनिश फ्लुबाट सन् १९१८ अप्रिलदेखि १९२० सम्ममा विश्वभर करिब दुई करोड मानिसहरुको ज्यान गएको थियो । कोरोना महामारी सुरु भएको पनि करिब ८ महिना बितिसकेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.