यातायात कार्यालयबाट आठ बिचौलिया पक्राउ

रिपोर्ट नेपाल | 2018 Jul 05 | 07:26 am 3471

काठमाडौँ, असार २१: महानगरीय प्रहरी परिसर काठमाडौँले यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई दुःख दिने आठ बिचौलियालाई पक्राउ गरेको छ ।

परिसरको टोलीले यातायात व्यवस्था कार्यालय मोटरसाइकल शाखा गुर्जुधारामा सेवाग्राहीलाई दुःख दिने झापाका कृष्णप्रसाद थपलिया, अपार रिजाल, किरण देउला, भक्तपुरका गोपालकृष्ण श्रेष्ठ, ललितपुरका प्रकाश तण्डुकार, कन्चन राई, पवन तामाङ र काठमाडौँका बालकृष्ण खत्रीलाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।

परिसरका प्रवक्ता मोहनकुमार थापाले सेवाग्राहीलाई सिधै कार्यालय जान नदिई दश गुणा पैसा लिई काम गरिदिने गरेको गुनासो गरेपछि उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।

प्रवक्ता थापाका अनुसार सेवाग्राहीलाई जबर्जस्ती तानिरहेको र कार्यालय जान अवरोध गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ परेकाविरुद्ध सार्वजनिक अपराधमा म्याद थप गरी अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.