वृद्धभत्ता नपाएको झोकमा वडा कार्यालय तालाबन्दी

रिपोर्ट नेपाल | 2020 Aug 21 | 04:00 pm 2167

बाजुरा, भदौ ५ः जिल्लाको बूढीगंगा नगरपालिका–८ को वडा कार्यालयमा वृद्धभत्ता नपाएको भन्दै तालाबन्दी गरिएको छ ।

गतआर्थिक वर्षको चार महिनाको सामाजिक सुरक्षाभत्ता नपाएकाले तालाबन्दी गरेको स्थानीय सेत रावल बताए ।

वडामा रहेका वयोवृद्धले भत्ता नपाएको र अहिलेसम्म पनि सरकार बेखबर भएको भन्दै तालाबन्दी गरेको डिल्लीसिं बानियाले बताए ।

आर्थिक वर्षको चैतदेखि असारसम्मको सामाजिक सुरक्षाभत्ता नपाएको बनियाँको कथन छ । वडामा पटक–पटक बुझ्दा नगरपालिका नै बेखबर भएपछि तालाबन्दी गरेको बानियाको भनाइ छ ।

वडाध्यक्ष टेकबहादुर रावलले भने यस विषयमा आफू वडा कार्यालय नरहेकाले केही थाहा नभएको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.