कालिकोटमा पाँच दिनका लागि निषेधाज्ञा

| 2020 Aug 21 | 03:50 pm 2216

कालिकोट, भदौ ५ः छिमेकी जिल्ला जुम्ला र आसपासका क्षेत्रहरुमा कोरोना संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय कालिकोटले निषेधाज्ञा जारी गरेको छ ।

शुक्रबार राति १२ बजेदेखि १० गते राति १२ बजेसम्म पाँच दिनका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरेले विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

कालिकोटमा हालसम्म ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ६६ जना उपचारपछि डिस्चार्ज भइसकेका जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.