नेपालमा थप ७ सय ७ जनामा कोरोना पुष्टि

रिपोर्ट नेपाल | 2020 Aug 20 | 04:43 pm 2009

काठमाडौं, भदौ ४ः बिहीबार देशभर थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उक्त विवरणको जानकारी दिएका हुन्।

पछिल्लो ४२ घण्टामा मुलुकभर रहेको प्रयोगशालामा गरिएको परीक्षबाट नयाँ संक्रमित फेला परेका हुन् ।

योसँगै नेपालमा संक्रमितको कुल संख्या २९ हजार ६ सय ४५ पुगेको छ ।

साथै बिहीबार देशभरबाट २ सय जना संक्रमित डिस्चार्ज २ सय ६३ भएका छन् । १७ हजार ९ सय ६४ जना आजसम्म डिस्चार्ज भएका पनि उनले जानकारी दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.