काठमाडौं, भदौ ४ः जडीबुटीमा मालबाहक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृतक पुरुष रहेका छन् उनको सनाखत हुन सकेको छैन ।
काठमाडौंबाट भक्तपुर जाँदै गरेको मालवाहक ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
मृतकको शवलाई प्रहरीले पोष्टमार्टमको लागि अस्पाताल लगेको छ । स्पिडमा रहेको गाडी झण्डै एक सय मिटर अगाडीबाट ब्रेक लगाएतापनि पैदल यात्रीलाई जोगाउन नसकिएको जनाइएको छ । पैदलयात्री सडक पार गर्दै रहेका थिए ।