काठमाडौं, भदौ ३ः गत साउन २९ गते पीडित वर्षीय १७ कि नाम परिवर्तित बबरमहल ३५ ले आफ्न्तको साथमा यस कार्यालयमा आएर आफू बेचबिखानमा परेकोले दोषी पक्राउ गरी कारबाही गरिपाँउ भनि गरेको निबेदन दिएका थिए ।
मानब बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार जाहेरी दरखास्त दिएकोमा तत्काल मुद्दा दर्ता गरिएको थियो।
नुवाकोट जिल्ला तादी गाउपालिका वडा नं.३ खरानिटार स्थाई घर भई हाल काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नं.२ काभ्रेस्थली बसोबास गर्दै आएका २२ वर्षीय अर्पण तामाङ भनिने राजु तामाङलाई यस मानब बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सोमबार पक्राउ गरेको हो ।
पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट निज पिडकको हकमा पहिलो पटकलाई ७ दिनको म्याद थप समेत भएर हाल विस्त्रित अनुसन्धान भईरहेको जनाइएको छ ।
तामाङले पिडित बालिका परिवर्तित नाम बबरमहल ३५ लाई सधैभरी माया गर्नेपछि बिबाह पनि गर्ने भनि प्रलोभन देखाई प्रेम जालमा फसाएर शुरुमा काठमाडौं गोंगबु स्थित फेसबुक गेष्ट हाउसमा लगी पटक–पटक जवरजस्ती करणी गरेको बुझिएको छ ।
अभियुक्त राजु तामाङले आफ्नो साथिको जिम्मा लगाएको र साथिले गोंगबुबाट ट्याक्सी चढाई चितवनको नारायणघाट हुंदै काकडभिट्टा सिमा नाकाबाट भारतिय अपरिचित (नाम नखुलेको) पुरुष व्यक्तिको जिम्मा लगाएर नेपाल फर्केको बालिकाको जाहेरी छ ।
भारतीय पुरुषले पीडितलाई अश्लिल भिडियो देखाई भिडियोमा जसरी करणी गरौ भन्ने गरेको साथै भारतीयले नेपालीलाई रकम तिरी पिडितलाई किनेको भनि समय समयमा डर त्रास धाक धम्की दिने गरेको उल्लेख छ ।
समय समयमा शारिरिक तथा मानसिक पीडा दिंदै रोजगार लगाई दिने बहानामा भारतको विभिन्न ठाँउमा लाने गरेकोमा पीडित बालिकाले आफुलाई बेचिएको महशुस गरी पीडकको आँखा छलेर भागी एक अपरिचित नेपालीको सम्पर्कमा पुगेको र निज नेपालीले २०७६ असोज महिनामा कैलाली जिल्लाको टिकापुरमा रहेको ईलाका प्रहरी कार्यालयलाई बुझाएको थियो ।
ईलाका प्रहरीले टिकापुरमा रहेको साना हाल नेपाल नामक संस्थाको संरक्षण केन्द्रमा राखी मनोपरामर्श सेवा प्रदान गरे पश्चात जिन पीडितको आफन्तलाई जिम्मा लगाईएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको देखिएको हो ।