वीरगञ्ज, भदौ ३ः जिल्ला प्रहरी कार्यालय पर्साका घुमुवा एवम् इनरुवा चेकपोष्टका इन्चार्ज सई बैदनाथ दासलाई प्रदेश कार्यलयका डिआइजीको निर्देशनमा हटाइएको छ ।
रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार २ गते मध्यरातमा वडा प्रहरी कार्यालय बिर्ताको इनेस्पेक्टर गाडी सहित गएर बैदनाथलाई जिल्ला ल्याइएको बुझिएको छ ।
रिपोर्ट नेपालले पटक पटक त्यहाँका घुमुवाको नालीबेली पर्दाफास गरेपछि बैदनाथ दास आफूलाई सिंगम भन्ने तानिएका हुन् । दासलाई डिआइजीको निर्देशनमा तानिए पनि इनेस्पेक्टर रबीभुषण यादवको टोलीलाई भने हटाइएको छैन ।
बैदनाथ दास तानिदा रबीभुषण दुःखी बनेको पर्सा प्रहरीका कर्मचारीहरु बताउँछन । इनेस्पेक्टर यादवले बैदनाथबाट मासिक एक लाख लिने गरेको पनि समाचार स्रोत बताउँछ ।
इनेस्पेकटर यादवको नातामा भतिजो पर्ने हवल्दार खुसीलाल यादव, आफ्नै गाउँको नाता पर्ने हवल्दार दयानन्द कुमार कुशहवा र तीन जना जवान समेत घुमुवाका रुपमा सकृय छन् ।
इनेस्पेक्टर यादवले झण्डै एक दर्जन प्रहरीलाई घुमुवाका रुपमा खटाएका छन् । यसरी आफू मनलाग्दी घुमुवा प्रहरी खटाउने इनेस्पेक्टर रबीभुषण यादवलाई कारबाही कहिले हुन्छ त्यो भने सुन्न बाँकी नै रहेको छ ।