अवैध गर्भपतन गराएको अभियोगमा चौधरी पक्राउ

रिपोर्ट नेपाल | 2020 Aug 18 | 06:37 pm 2434

उदयपुर, भदौ २ः अवैध गर्भपतन गराएको आरोपमा चौदण्डीगढी नगरपालिकाबाट प्रहरीले एक जना पोलिक्लिनिक सन्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नगरपालिकाको वडा न ७ विपी चोक बेल्टार बजारमा रहेको हिरा पोलिक्लिनिकका संचालिका ३६ वर्षीया हिरा चौधरी रहेका छन् ।

चौधरीद्धारा सन्चालित पोलिक्लिनिकमा सोमबार साँझ ८ बजे अवैध गर्भपतन गराएको गोप्य सूचानको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

स्थानीय बासिन्दाका अनुसार पोलिक्लिनिकले यसअघि देखिनै अवैध गर्भपतन गराउँदै आएको बताएका छन् । सरकारी मान्यता अनुसार उदयपुरमा जिल्ला अस्पताल गाईघाट, कटारी अस्पताल, बेल्टार, रामपुर र देउरी स्वास्थ्य चौकीले मात्रै गर्भपतन गराउन अनुमति दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.