तनहुँ, भदौ २ः मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय तनहुँका सप्रजिअ चित्राङ्गत बरालको नेतृत्वमा यस जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिना समेतको संयुक्त टोलीले बजार अनुगमन गरेको छ ।
हाल बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस सम्बन्धी बजार अनुगमन तथा निर्देशन कार्यान्वयन गर्ने सम्बन्धमा दमौली बजार देखी छाब्दी, कलेस्ती बजार, सिसाघाट
सम्मको अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा स्वास्थ्य सुरक्षाको मापदण्ड बिपरित माक्स सेनिटाईजर प्रयोग नगरी व्यापार व्यवसाय संचालन गर्ने र हिडडुल गर्ने १५ जना व्यक्तिहरुलाई कारवाही तथा जरिवाना गरी अन्य मानिसहरुलाई समेत सम्झाई बुझाई गरिएको हो ।