कपिलवस्तु, भदौ १ः जिल्लाको मायादेवी गाउँपालिका ८ सानो नन्दनगरमा नाला सफा गर्ने विषयमा कुटाकुट हुँदा १ जनाको मृत्यु भएको छ।
कुटाकुट हुँदा ७० वर्षीय हरिराम पासीको मृत्यु भएको हो। झडप पासी र चमार परिवारबीच भएको थियो ।
कुटटिबाट गम्भीर घाइते भएका पासीको उपचारका लागि भैरहवा लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा परी ६० वर्षकी शुभावती पासी र २० वर्षकी सोनु पासी घाइते भएका छन्। आइतबार भएको सामान्य विवाद बढ्दा बढ्दै जाँदा कुटपिटमा पुगेको थियो।
पासी परिवारका ३ सदस्य र चमार परिवारका ५ जनाबीच कुटाकुट भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ। कुटपिटमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।