दुई समूहबीच झडप हुँदा नियन्त्रणमा लिन प्रहरीले १३ राउण्ड हवाई फायर

रिपोर्ट नेपाल | 2020 Aug 17 | 03:00 pm 3545

बारा, भदौ १ः पैनीमा माछा मार्ने विषयमा दुई समूहबीच झडप हुँदा स्थीति नियन्त्रणमा लिन प्रहरीले १३ राउण्ड हवाई फायर गरेको छ भने ६ राउण्ड अश्रुग्याँस प्रयोग गरेको छ ।

बारा जिल्लाको पटेवा र भगवानपुर गाउँका युवाहरुबीच भएको झडपलाई नियन्त्रणमा लिन बारा प्रहरीले १३ राउण्ड हवाई फायर र ६ राउण्ड अश्रुग्याँसको प्रयोग गरेको हो ।

दुई गाउँका युवा बीच झडप हुँदा स्थीति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर तथा अश्रुग्याँस प्रयोग गर्नु परेको घटनास्थलमा भएका जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी नायव निरिक्षक गौतम मिश्रले जानकारी दिए ।

एक अर्का समूहले ढुंगामुढा गर्न थालेपछि दुवै गाउँबाट ठूलो संख्यामा मान्छेहरु आउन थालेपछि प्रहरी स्थीति नियन्त्रण भन्दा बाहिर नजाओस भनेर हवाई फायर गर्नु परेको जनाएको छ ।

गाउँले तर्फ ९ जना व्यक्ति घाईते भएका छन् भने ४ जना प्रहरी सामान्य घाईते भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.