चितुवाको आक्रमणबाट एक बृद्ध घाइते

| 2020 Aug 17 | 01:01 pm 1693

स्याङ्जा, भदौ १ः गएराती चितुवाको आक्रमणबाट स्याङ्जामा एक जना बृद्ध घाइते भएका छन् ।

घाइते हुनेमा वालिङ् नगरपालिका ११ स्वरेक टापुका ६७ बर्षीय खगेश्वार पङेनी रहेका छन् ।

घरमा भैंसी ब्याएर घरको आगनमा बसेर कुरिरहेको बेला रातको करिब २ बजे एक्कासि चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

आक्रमण गरे लगत्तै चितुवा भागेको हुँदा घाइतेको टाउको र दुबै हातमा चोट लागेको उनले बताए ।

घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र वालिङ्मा उपचारपछि थप उपचारको लागि पोखरा रिफर गरिएको भएपनी घाइते अवस्था सामान्य रहेको हुँदा घर परिवारले घर लगेको पनि अधिकारीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.