जंगली जनावर धपाउने यन्त्र बितरण

रिपोर्ट नेपाल | 2020 Aug 16 | 06:11 pm 2911

  • अर्जुन कुमार अर्याल

गुल्मी, साउन ३२ः नेपाली कांगेस छत्रकोट ५ खर्ज्याङ गुल्मीले कृषि क्षेत्रमा बादर लगाएतका जंगली जनावरले गरेको क्षती नियन्त्रण गर्न सहयोग पुगोस भन्ने उद्धेश्यले कृषिमा आबद्ध सम्पूर्ण कृषकहरुको अन्न बाली सुरक्षित राख्न सहयोग स्वरुप जंगली जनावर धपाउने यन्त्र साबिक खर्ज्याङ गाविसका साबिक वडाहरुमा हस्तान्तरण गरेको छ ।

No description available.

रविराज ज्ञवाली, पूर्व गाविस उपाध्यक्ष नारायण प्रसाद अर्यालको समन्वय र पहलमा बैज्ञानिक महावीर पुनद्धारा स्थापित राष्ट्रिय आबिष्कार केन्द्रबाट उक्त यन्त्र उपलब्ध गराइएको थियो ।

उक्त सामाग्री खरीद गर्न नेपाली कांग्रेस गुल्मीका प्रदेश सभाका उमेदवार घनेन्द्र कार्की र गुल्मी छत्रकोट ५ खर्ज्याङ मानकोट स्थाई निवासी हाल काठमाडौं तथा बुटवलमा बसोवास रहेका नेपाली कांग्रेसमा आबद्ध युवाहको सहयोग र सक्रियता रहेको थियो ।

नेपाली कांग्रेस छत्रकोट ५ खर्ज्याङ गुल्मीले सामाजिक उत्तरदायीत्व बहन गरीरहेको छ ।

कोभिड —१९ (कोरोना भाइरस) नियन्त्रणको लागि बिभिन्न स्वास्थ्य सामाग्री बितरण सहित सचेतना कार्यक्रम संचालन गरेको थियो ।

नेपाली कांग्रेस छत्रकोट ५ गुल्मीले लोककल्याणकारी कार्यमा जुटीरहने र सम्पूर्ण बुवा आमा दाजु भाई दिदी बहीनीहरुको सुख दुःखमा सधै संगै रहने साथ र सहयोग गर्न सधै तत्पर रहीरहने प्रतिबद्धता समेत जाहेर गरेको छ ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समितिका सदस्य अनन्त पौडेल, नेपाली कांग्रेस खर्ज्याङका पदाधिकारीहरु, पूर्व गाविस अध्यक्ष, नेता कार्यकर्ताहरु र कृषकहरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.