फेरि भूकम्पको धक्का

| 2020 Aug 15 | 06:00 pm 1987

संखुवासभा, साउन ३१ः शनिबार दिउँसो संखुवासभा केन्द्रविन्दु भएर भूकम्पको धक्का महशुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प दिउँसो ४ बजेर ७ मिनेटमा संखुवासभाको थुडाम केन्द्र विन्दु भएर धक्का महशुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्प ४ दशमलव २ रेक्टर स्केलको रहेको जनाएको छ ।

यसअघि असार २ गते दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टरको भूकम्प गएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.