फरार अभियुक्त २१ वर्षीपछि पक्राउ

रिपोर्ट नेपाल | 2020 Aug 15 | 03:23 pm 1613

इलाम, साउन ३१ः २१ वर्षदेखि फरार रहेको एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा माई नगरपालिका ४ का ४१ वर्षका दिपक दर्जी रहेका छन । उनलाई सम्मानित जिल्ला अदालत इलामले वन सम्बन्धी मुद्दामा एक वर्ष कैद सजाय फैसला गरेको थियो ।

उनलाई माइ नगरपालिका २ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । २०५६ असार ९ गते एक वर्ष कैद सजाय सुनाए पश्चात उनी फरार रहेका थिए ।

अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा फरार अभियुक्तलाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.