लागूऔषध मुद्दाका फरार व्यक्ति पक्राउ

रिपोर्ट नेपाल | 2020 Aug 14 | 09:55 pm 1944

तनहुँ, साउन ३०ः अवैध लागूऔषध मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ शुक्ला गण्डकी नगरपालिका वडा नं. ५ का तिलेचौर ३२ वर्षीय गंगा बहादुर गुरुङ रहेका छन् ।

२०७४ फागुन १४ गते सोमबार तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. ५ चिल्लीचौर स्थितमा लागूऔषध डाईजेपाम ३२ एम्पुल, फेनरागनको शिशी ३४ एम्पुल र नुफिनको शिशी ३७ एम्पुल सहित गुरुङलाई पक्राउ गरेको थियो ।

लागूऔषध मुद्दामा तत्काल घटनामा संलग्न रही फरार रही कानूनको म्याद समेत गुजारी लुकीछिपी बस्दै आएका गुरुङलाई २०७७ साउन ३० गते दिउसो घरमै लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरीएको छ ।

माक्स प्रयोग नगर्ने ९८ जना कारवाहीमा

हाल बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस बिरुद्दको जनचेतना फैलाउदै रोकथाम तथा नियन्त्रणको लागी नेपाल सरकारको निर्देशन बमोजिम तनहुँ जिल्लाबासी जनताहरुमा सचेतना जगाउदै आएको छ ।

पछिल्लो समयमा उक्त कोरोना भाईरस अनपेक्षित रुपमा फैलिदै आएकोले त्यसको प्रत्यक्ष असर समाजमा देखा परेको बर्तमान अवस्थालाई मध्यनजर गर्दै कोरोना रोकथामको लागी प्रयोग गरिने माक्स नलगाई पैदल हिड्ने तथा सवारी साधनहरु चलाई हिड्ने व्यक्तीहरुलाई जिल्ला प्रशासन कार्यालय तनहुँको निर्देशन एवं जिल्ला प्रहरी कार्यालय तनहूँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहूँको सक्रियतामा शक्रबार ९८ जनालाई प्रतिव्यक्ति १ सयका दरले जरिवाना गरी उनीहरुलाई सम्झाई बुझाई गरिएको तनुहुँ प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.