नेपालमा थप ५ सय ९४ जनामा कोरोना संक्रमण

रिपोर्ट नेपाल | 2020 Aug 14 | 04:44 pm 1805

काठमाडौं, साउन ३०ः नेपामा शुक्रबार थप ५ सय ९४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले उक्त विवरणको जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा ५ सय ९४ संक्रमण पुष्टि भएको हो ।

योसंगै नेपालमा संक्रमित हुनेको कुल संख्या २५ हजार ५ सय ५१ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.