बोर्डर सिल हुँदा पनि पर्सा एसपीका घुमुवा रबीभुषण र बैदनाथले रोकेन तस्करी

| 2020 Aug 14 | 12:57 pm 2171

पर्सा, साउन ३०ः कोरोना महामारी नियन्त्रण र रोकथामका लागि सरकारले छिमेकी राष्ट्र भारतसँग जोडिएको बोर्डर सिल गरेको छ । आगमनका लागि तोकिएका नाका बाहेक अन्यत्रबाट ओहोर दोहोर गर्न पाएदैन ।

तर, व्यवसायीका लागि क्यारिङ (तस्करी) को काम गर्ने (पोक तस्कर) हरुले निर्बाध रुपमा रक्सौलबाट कपडा भित्राइरहेका छन् ।

रिपोर्ट नेपाललाई पर्साबाट भरपर्दो स्रोतले दिएको समाचार अनुसार २५–३० जनाको संख्यामा रहेका महिला र पुरुषले रक्सौलबाट काँध र टाउकोमा कपडा बोकेर वीरगञ्जका व्यापारीको गोदामसम्म पुर्याउने क्रम निषेधाज्ञामा पनि जारी रहेको छ ।

साउन १० देखि वीरगञ्जमा स्थानीय प्रशासनले निषेधाज्ञा लागु गरेको हो । अत्यावश्यक काम बाहेक बाहिर निस्कनेलाई कारबाही गर्ने भनिएको छ । तर, बोर्डर सिल हुँदा पनि भारतबाट तस्करीको सामान ल्याउने कार्य निर्वाध चलिरहेको छ ।

तस्करको समुहले बिहान र साँझपख अवैध रुपले कपडा भित्राइ रहेको समाचार स्रोतले जानकारी दिएको हो ।

रक्सौलबाट बोकेर ल्याएका सामान वीरगञ्ज भन्सार कार्यालयको पूर्वपट्टीको बाटो हुँदै वीरगञ्ज छिराउँछन् ।

सशस्त्र प्रहरीको भन्सार राजस्व गस्ती टोली र इनर्वा प्रहरी चौकी पार गरेर तस्करहरुले वीरगञ्जको आदर्शनगर र बिर्तामा रहेका गोदाममा कपडा भण्डारण गर्ने गरेको स्रोतले जानकारी दिएको छ ।

त्यसैगरी सामान ओसार्दै गरेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीले ६ जना भारतीय महिलालाई उनीहरुले ल्याएको सामानसहित पक्राउ गरी वीरगञ्जको क्वारेन्टाइनमा राखिएको पनि जानकारी दिएको छ ।

यसरी सामान ओसार्ने २५–३० जानको समुहबाट एसपी गंगा पन्तको घुमुवा प्रनि रबीभुषण प्रसाद यादव र इनर्वा प्रहरी चौकीका इन्चार्ज (घुमुवा) प्रनानी बैदनाथ दासले २० हजार देखि २५ हजारसम्म लिएर सामान तस्करी गराउने गरेको स्रोतले जनाएको छ ।

एसपी पन्तका आशिर्वाद पाएर प्रनि रबीभुषण र प्रनानि बैदनाथ दासले नेपाल प्रहरी संगठनको बदनाम गरिरहेको छ । यस्ता भ्रष्ट कर्मचारीलाई कारबाही कहिले हुने हो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.