झापाका एसपीका घुमुवाको तस्करसँग उठबस

रिपोर्ट नेपाल | 2020 Aug 13 | 04:50 pm 5834

झापा, साउन २९ः जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले आफ्ना घुमुवा सई दिप बानियाँ र राजन चोहानलाई खटाएर तस्करसँग पैसा उठाउने गरेको समाचार प्राप्त भएको छ ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार एसपी कोइराला हाजिर हुनासाथ पुरानो घुमुवा असई टेकेन्द्र लिम्बुलाई हटाएर सई दिप बानियाँ र राजन चोहानलाई खटाएका छन् ।

घुमुवा सई बानियाँ र चोहानको झापाका तस्करका डन भनेर चिनिने लक्ष्मण कटेल उर्फ राजा लगायतका दर्जन भन्दा बढी तस्करसँग मिलेमतो रहेको छ छ ।

कही समय अघि भद्रपुर चौकी र महेशपुर प्रहरीले दुईवटा तस्करीको सामान बोकेको गाडी समाएको थियो । सामान समाए लगत्तै लक्ष्मण कटेलले घुमुवा दिप र राजनलाई फोन गरेपछि तत्काल गाडी समाएको ठाउँमा गएर कसको आदेशले समाएको भन्दै प्रहरीलाई गाली गरेर गाडी छुटाइदिएका थिए । गाडी छुटाए बापत साढे चार लाख लिएको समाचार स्रोतको दाबी छ ।

घुमुवा बानियाँ र चोहानको कपडा व्यापार गर्ने अशोक चन्दन, छोकरा तस्करी गर्ने तुलाराम हलुवाई, फिरोज साह, दूध व्यापारी भीम कुँवर, चन्दन अग्रवाल, काली अग्रवाल, सचिन, विके सुवेदी, लेखनाथ लगायतका व्यापारीसँग राम्रै उठबस हुने गरेको छ ।

महिनामा तीनदिन लाइन मिलाइदिएर सामान छिराउने र त्यस एरियाका प्रहरीलाई गस्ती नगर्न सई बानियाँ र चोहानले निर्देशन दिने गरेको समाचार स्रोत बताउँछ ।

राती ११ बजेपछि महेशपुर र झापा चौकीबाट छिराउने सामानहरुमा सटिङ्ग सुटिङ्गका कपडा र नेपालबाट भारत मरिच छिराउने गरिएको छ ।

सबै तस्करसँग लाइन मिलाइ दिने र समय बताउने काम भने लक्ष्मण कटेलले गर्दै आएका छन् ।

सई दिप बानियाँले बोर्डर एरियामा हेर्ने गरेका छन् भने राजन चोहानले सिभिलमा बसेर मुद्दा हेर्ने देखि उजुरी छानविन हेरेर पैसा उठाउने गरेको बताइन्छ ।

गत २३ गते राती ९ बजे समाइएका दुई पिकअप बारे स्थानीय बासीले चर्चा गर्ने गरेको समाचार स्रोत बताउछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.