मंगलबार ६ सय ३८ जनामा कोरोना पुष्टि

रिपोर्ट नेपाल | 2020 Aug 11 | 04:59 pm 1794

काठमाडौं, साउन २७ः नेपालमा मंगलबार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा १ सय ३२ जना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्।

पछिल्लो २४ घण्टामा देशभर रहेको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् ।

योसंगै नेपालमा संक्रमितको कुल संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।

साथै मंगबार देशभरबाट १ सय ७१ जना संक्रमित डस्चार्ज भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.