डोटी, साउन २७ः गएराति जिल्लाको आदर्श गाउँपालिका–१ खलगडामा मध्यरातमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ, भने पाँच जना घाइते भएका छन् ।
मृत्यु हुनेमा लोगे विकका श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना र चार वर्षीया जेनिसा रहेका छन् ।
राति सुतिरहेका बेला भत्किएको घरमा पुरिएर लोगे, उनकी आमा ताना लुहार र एक छोरी घाइते भएका छन् । यस्तै भेटघाट गर्न आएका लोगेकी सासु आमा र साला पनि घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी इन्द्र मल्लका अनुसार भत्किएको घर माटो ढुंगाबाट बनेको तीन तले रहेको थियो ।
घर भत्किन थालेपछि केही भाग्न आगनमा निस्किए पनि आगनमै थिचेको अवस्थामा केहिको शव भेटिएको डिएसपी मल्लले बताए ।