उदयपुर, साउन २६ः बालिका बलात्कार गरेको आरोपमा उदयपुरमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ६ का २५ बर्षीय रोशन कुवँर रहेका छन् ।
उनलाई १५ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
विभिन्न प्रलोभनमा पारी बिहीबार एक होटलमा कुराकानी गर्नेक्रममा आरोपितले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गोबिन्द पुरीले जानकारी दिए ।
उनीविरुद्ध पीडित परिवारले बिहीबार इलाका प्रहरी कार्यालय बेल्टारमा निवेदन दिएको इन्स्पेक्टर बुद्धीराम चौलगाईले बताए ।
आरोपितलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको उनले बताए ।