श्रीमतीको मृत्यु भएपछि श्रीमान पक्राउ

| 2020 Aug 10 | 10:56 am 1742

कञ्चनपुर, साउन २६ः आइतबार कञ्चनपुरको बेलडाँडी नगरपालिका २ का २५ वर्षीया दुरा धामीको मृत्यु प्रकरणमा प्रहरीले उनका श्रीमान तारा सिंह धामीलाई पक्राउ गरेको छ।

मृतकका माइती पक्षले ताराविरुद्ध इलाका प्रहरी कार्यालय बेलडाँडीमा किटानी जाहेरी दिएका थिए। दुरा आइतबार घरभित्रै मृत अवस्थामा फेला परेकी थिइन्‌।

जाहेरीका आधारमा सिंहलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक राजेन्द्र सिंहले बताए।

माइती पक्षले शनिबार राती भएको झगडामा दुरालाई ताराले निर्घात रुपमा कुटपिट गरेको र सोही कारणले मृत्यु भएको जोहरीमा उल्लेख गरेका छन्‌।

मृतकको शरिरमा निलडाम रहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए। तारालाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान प्रकृया अगाडी बढाएको छ। मृतकको शव परीक्षण गर्न महाकाली अस्पतालमा लगिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.