एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

रिपोर्ट नेपाल | 2020 Aug 09 | 06:15 pm 3442

महोत्तरी, साउन २५ः जिल्लाको औरही नगरपालिका ६ बैरियाबाट एपीएफ टोलीले करीव एक लाख ७७ हजार रुपैयाँ बराबरको किराना सामान बरामद गरेको छ ।

सोही स्थानमा रहेको एक घर तथा गोठमा भण्डार गरी राखेको भन्ने बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण महोत्तरीबाट खटिएको टोलीले उक्त किराना सामान बरामद गरेको हो ।

टोलीले भारतीय नम्बरको एउटा मोटरसाईकल समेत बरामद गरेको छ । बरामद सामान तथा मोटरसाईकल भन्सार कार्यालय जलेश्वर बुझाईएको छ ।

यसैगरी रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ बेलहिया स्थित सीमा ईलाकाबाट आइतबार एपीएफ टोलीले करीब एक लाख ३० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

त्यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बोगटीबाट खटिएको एपीएफ टोलीले रुपन्देही जिल्लाकै मर्चवारी गाँउपालिका ७ बगौलीघाट स्थित सीमा ईलाकाबाट करीब एक लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

एपीएफ टोलीले बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.