अबैधानिक रुपले आधारभुत शिक्षकलाई सरुवा गरेको भन्दै पत्रकार समेलन

रिपोर्ट नेपाल | 2020 Aug 09 | 04:20 pm 2806

  • महेश सिंह

सिरहा, साउन २५ः लहान नगरपालिकाले आधारभुत शिक्षकहरुलाई सरुवा गरेको भन्दै शिक्षक संघ कार्य समिती लहानले आक्रोश व्यक्त गरेका छन् ।

No description available.

आधारभुत शिक्षकलाई अबैधानिक तरिकाले सरुवा गरेको भन्दै लहानका सयौं शिक्षकहरुले आन्दोलनमा उत्रिने लहान नगरपालिकालाई पत्रकार समेलनमा चेतावनी दिएका छन् ।

स्थानीय तहलाई शिक्षक सरुवा गर्ने अधिकार नरहेको पीडित शिक्षकहरुले बताएका छन् । नगरपालिकाले कुनै निर्णय नगरी एकासी होचुवाको भरमा सरुवा गरेको यो सरुवा अबैधानिक छ शिक्षक संघका सह संयोजक हमालले बताए ।

नगरपालिकाले करिब ८० जना आधारभुत शिक्षकलाई सरुवा गरेको छ । लहान नगरपालिकामा जम्मा ५९ विद्यालय रहेका छन् ।

शिक्षा ऐन २०२८ र शिक्षा नियमाबलि २०५९ नवौं संसोधन कायम गरेको छ । संघीय शिक्षा ऐन नबनी सकेको अबस्थामा संविधानले स्थानीय तहलाई दिएको २३ बुदे अधिकारमा शिक्षक सरुवा, बढुवा गर्न उल्लेख नरहेको बताए ।

No description available.

सामुदायिक विद्यालयका शिक्षकहरुको सरुवा, बढुवा गर्ने अधिकार शिक्षा विकास तथा समन्वय ईकाईलाई मात्र रहेको शिक्षा ऐनमा उल्लेख छ ।

कोरोना महामारीले विद्यालयहरु बन्द रहेको अबस्थामा धेरै महिला शिक्षकहरुलाई अपायक पर्ने ठाँउमा सरुवा गरेका छन् ।

पक्षपातको भरमा सरुवा गरेको उनीहरुको आरोप रहेको छ । सरुवा पत्र नगर प्रहरी मार्फत घर–घरमा पठाएको बताए ।

नेपालको ७५३ स्थानीय तहले कही कतै यसरी एकै पल्ट सबैलाई सरुवा गरेको देखिएन यस्ता सरुवाले शिक्षकहरुको मानसिकता खलबलिएको उनीहरुले जनाए ।

संयुक्त संघर्ष समितिले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.