बाग्लुङका इन्जिनियर अधिकारी विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर

| 2020 Aug 09 | 03:43 pm 1877

काठमाडौं, साउन २५ः बाग्लुङको ढोरपाटन नगरपालिकामा कार्यरत इन्जिनियर विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

मुद्दा दर्ता गरिनेमा इन्जिनियर मिलन अधिकारी रहेका छन् । उनी विरुद्ध आइतबार मुद्धा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

उनी विरुद्ध सडक निर्माण सम्बन्धी योजनामा उपभोक्ता समितिलाई भुक्तानी दिएबापत एक लाख रुपैयाँ घुस लिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

अनुसन्धानको क्रममा इन्जिनियर अधिकारीले सेवाग्राहीसँग गुजा–सिलगुम–ओखरधारा–खोलेसिबाङ सडक निर्माण योजनाको अन्तिम मूल्याङ्कन गरिदिएबापत एक लाख घुस लिएको पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.