काठमाडौं, साउन २५ः काठमाडौँको गोंगबुमा टुक्रा टुक्रा पारेर बाकसमा राखेर शव फालिएको अवस्थामा फेला परेको छ । गोंगबु गणेशस्थानस्थित सडकमा शव टुक्राटुक्रा बनाएर सुटकेशमा फलिएको अवस्थामा आइतबार फेला परेको प्रहरी स्रोतले जनाएको छ ।
अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरिरहेको बताइएको छ ।
प्रहरीका अनुसार सुटकेशमा शव फेला परेको छ, रगत बगेको छ, गणेशस्थान मन्दिरबाट एक सय मिटर भित्र, पानीले भिजेपछि ब्लड बगेको देखेर स्थानीले प्रहरीलाई खबर गरेको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कालो सुटकेशमा शवको टुक्रा भेटिएको दुई सय मिटरको पर जेब्रा झोलामा टाउको फेला परेको हो । ‘शव फेला परेको ठाउँबाट दुई सय मिटर पर जेब्रा झोलामा टाउको फेला परेको छ । हामी अनुशन्धानमा छौं ।’ अनुसन्धानका क्रममा प्रहरीले अहिलेसम्म अन्दाजी ४० ४५ वर्षका पुरुष रहेको र उनले सेतो भित्री गञ्जी लगाएको पत्ता लगाएको छ ।- महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले बताए ।
स्थानीयले सडक किनारमा झोलाबाट रगत बगिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।