सर्वोच्चमा पुनः सेवा कटौतीको निर्णय

रिपोर्ट नेपाल | 2020 Aug 07 | 07:53 am 1500

काठमाडौं, साउन २३ः सर्वोच्च अदालतमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि पुनः सेवा कटौतीको निर्णय भएको छ ।

अहिलेको यो संक्रामक अवस्थामा अदालतको मुद्दामामिलाका काम र सुनुवाई स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको हो ।

बिहीबार अदालतले दिएको जानकारी अनुसार बन्दीप्रत्यक्षकरण, रिट निवेदनको दर्ता र सुनुवाई, अन्तरिम आदेशको छलफल भने हुने भएको छ ।

त्यस्तै पुनरावेदन निवेदन दर्ता, थुनुवा रहेका मुद्दाको सुनुवाई, पुनरावलोकनको निवेदनको सुनुवाई पनि हुने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.