कोरोनाको केन्द्र बन्यो काठमाडौं उपत्यका

रिपोर्ट नेपाल | 2020 Aug 07 | 07:45 am 2231

काठमाडौं, साउन २३ः विश्व कोरोना कहरले आक्रान्त भइरहेका बेला काठमाडौं उपत्यमा कोरोनाको केन्द्रजस्तै बनेको छ । कोरोना संक्रमण बढेसँगै उच्च ओहदामा आसिन व्यक्तित्व तथा उनीहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी धमाधम संक्रमित हुँदै छन् भने मृतकको संख्या पनि अनपेक्षित रुपमा बढ्दै छ । २४ घण्टामा ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बिहीबार नियमित प्रेस ब्रिफिङमा ३ सय ६० जना कोरोना संक्रमित हुनुका साथै ५ जनाको मृत्यु भएको जानकारी गराए ।

मृत्यु हुनेमा मोरङ रंगेली नगरपालिका–८ का ४५ वर्षे एक पुरुष, सर्लाही मलंगवा नगरपालिका–८ की ६५ वर्षीया एक महिला, धनुषा मिथिला नगरपालिका–१० लालगढका ७२ वर्षीय एक पुरुष र सप्तरी रुपनि नगरपालिका–५ का ४२ वर्षीय एक पुरुषको कोरोना संक्रमणको कारणले मृत्यु भएको छ ।

प्रदेश नम्वर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमणको पुष्टि भएको छ । बुधबार बेलुका आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री यादवले सञ्चारकर्मीलाई जानकारी दिएका हुन् ।

संक्रमण पुष्टि हुनुअघि मन्त्री यादव १४ साउनमा काठमाडौंमा प्रधानमन्त्रीसँगको छलफल कार्यक्रममा सहभागी भएका प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पुष्टि गरेको छ । छलफल कार्यक्रममा मन्त्री यादवले प्रधानमन्त्रीसँग पनि भेटघाट गर्नुभएको स्रोतले जनाएको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.