भरुवा बन्दुक सहित एक जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Aug 05 | 09:14 pm 3974

तनहुँ, साउन २१ः अवैध रुपमा भरुवा बन्दुक राखेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका वडा नं. ३ तुर्लुङकोटका ६७ वर्षीय राम भन्ने सन्त बहादुर तामाङल रहेका छन् ।

उनले आफ्नै घरमा अवैध रुपमा काठको बट भएको एकनाले भरुवा बन्दुक थान १ र ५ सय ग्राम कालो धुलो (बारुद) लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यलय भानु मुकाम डुम्रेवाट प्रहरी निरीक्षक समेतको टोलिले उनको घरमा गई खोजतलास गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त भरुवा बन्दुक फेला परेको हो ।

उक्त बन्दुक कानुन बमोजिम रितपुर्वक बरामद गरी तामाङलाई पनि पक्राउ गरी हातहतियार खरखजना मुद्धामा सम्मानित तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.