गाँजासहित २ जना पक्राउ तथा माक्स प्रयोग नगर्ने २४ जना प्रहरी कारवाहीमा

रिपोर्ट नेपाल | 2020 Aug 05 | 07:43 am 1600

तनहुँ, साउन २१ः हाल बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस बिरुद्दको जनचेतना फैलाउदै रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारको निर्देशन बमोजिम तनहुँ जिल्लाबासी जनताहरुमा सचेतना जगाउदै आएको छ ।

पछिल्लो समयमा उक्त कोरोना भाईरस अनपेक्षित रुपमा फैलिदै आएकोले त्यसको प्रत्यक्ष असर समाजमा देखा परेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै कोरोना रोकथामको लागि प्रयोग गरिने माक्स नलगाई पैदल हिड्ने तथा सवारी साधनहरु चलाई हिड्ने व्यक्तीहरुलाई जिल्ला प्रशासन कार्यालय तनहुँको निर्देशन एवं जिल्ला प्रहरी कार्यालय तनहूँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहूँको सक्रियतामा कारवाही अभियान चलाएको हो ।

मंगलबार माक्सको प्रयोग नगरी हिड्ने २४ जना मानिसहरुलाई प्रतिव्यक्ती १ सय का दरले जरिवाना गरी कोरोना भाईरसको बारेमा पुर्ण रुपमा जानकारी दिई सम्झाई बुझाई गरिएको प्रहरीले जानकारी दिए ।

अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ

सोमबार तनहुँ म्याग्दे गाउँपालिका वडा नं ३ पसले स्थित पृथ्वी राजमार्ग सडक खण्डमा प्रहरी चौकी थर्पुबाट ड्युटीमा खटिएका प्रहरीले अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्वत साबिक भुक्सिङ गाविस वडा नं। २ देउराली स्थायी घर भई हाल जिल्ला कास्की पोमनपा वडा नं १४ मझरीपाटन बस्ने १९ वर्षीय आशिष गुरुङ र पोमनपा वडा नं १४ धम्पुस चौथे बस्ने २३ वर्षीय सगुन परियार रहेका छन् ।

उनीहरुलाई शंकास्पद रुपमा मोटरसाइकलमा सवार रही पोखरा तर्फ जाँदै गरेको अवस्थामा तत्काल नियन्त्रणमा लिई खानतलासी गर्दा आशिष गुरुङले भिरेको झोलाभित्र लुकाई छिपाई पोखरा तर्फ लैजादै गरेको ८ सय १० ग्राम लागूऔषध गाँजा फेला परेको थियो ।

उक्त लागूऔषध गाँजा कानुन बमोजिम रितपुर्वक बरामद गरी प्रारम्भिक अनुसन्धान गर्दा उक्त गाँजा खरिद बिक्री कारोबारमा दुबै जनाको संलग्नता देखिएकोले निजहरुलाई पक्राउ गरी लागूऔषध गाजाँ मुद्धामा सम्मानित तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.