स्थायी कमिटी बैठकको एजेण्डा तय गर्न नेकपाको सचिवालय बैठक शुरु

रिपोर्ट नेपाल | 2018 Jul 04 | 12:18 pm 3156

काठमाडौं- बिहीबारदेखि शुरु हुने नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटि बैठकको एजेण्डा तय गर्न सचिवालय बैठक बसीरहेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजेदेखि शुरु भएको बैठकमा पार्टीको एकीकरणपछि राजनीतिक जिम्मेवारीका विषयमा छद्यफल भइरहेको संसदीय दलकका उपनेता सुवास नेम्वाङ्ले बताए ।

जिम्मेवारी नतोकिदा पार्टीको कार्य सञ्‍चालनमा बाधा पुगेको भन्दै पार्टीका सचिवालय सदस्यहरुबाटै आवाज उठेपछि यो विषयले भोलिको बैठकमा प्रवेश पाउने भएको छ ।

बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको उपलब्धिबारे सचिवालय बैठकमा जानकारी गराएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.