नेपालमा फेरि बढ्यो कोरोना संक्रमित

रिपोर्ट नेपाल | 2020 Aug 03 | 04:45 pm 1934

काठमाडौं, साउन १९ः सोमबार नेपालमा थप ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता जागेश्र गौतमले उक्त विवरणको जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा रहेको प्रयोगशालामा गरिएको परीक्षणबाट थप नयाँ संक्रमित फेला परेका हुन् ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ७ सय ५० पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या ३ सय ५८ रहेको छ। यो सँगै हालसम्म १४ हजार ९ सय ६१ जना कोरोनाबाट निको भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.