सुनसरी, साउन १९ः धरानमा खसी चोर्दै गरेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ बेलवारीका रोशन पराजुली, मोरङ सुन्दर हरैचाका डम्बरबहादुर आले, इलाम माईजोगमाई गाँउपालिकाका विशाल गुरुङ र ताप्लेजुङ बाखो खोपातालका विवेक तामाङ रहेका छन् ।
उनीहरुलाई धरान १३ का आसबहादुर गुरुङको दुईवटा खसी चोरेर भाग्दै गर्दा पक्राउ परेका हुन् ।
उक्त समूहको साथबाट प्रहरीले एउटा टेम्पो र दुईवटा खसी बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरु पहिलेदेखि नै अन्य चोरीमा समेतसंलग्न रहेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको छ ।