काठमाडौं, साउन १८ः आइतबार नेपालमा थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्ने पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त विवरणको जानकारी दिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशको विभिन्न स्थानमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ ।
यस्तै, आइतबार १ सय ११ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या १४ हजार ६ सय ३ पुगेको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट ५७ जनाको मृत्यु भइसकेको छ ।