म्याग्दी, साउन १६ः एक महिनामा प्रहरीले लामो समयदेखि विभिन्न मुद्दामा फरार रहेका १० जना अभियुक्तहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डाँका चोरी मुद्दाका फरार म्याग्दी, अन्नपूर्ण गाउँपालिका वडा नं ५, शिख वतन भई पोखरा बसोबास गर्दै आएका बालकृष्ण गर्बुजा भन्ने कृष्ण गर्बुजा रहेका छन् । उनलाई ६ वर्ष कैद र ३९ हजार रुपैया जरिवाना तोकिएको थियो ।
त्यसैगरी ३ वर्ष कैद सजायँ तोकिएका गौबध मुद्दाका फरार म्याग्दी, बेनी नगरपालिका वडा नं ६ अर्थुङ्गे घर भई पर्वत जिल्लाको कुश्मा बस्ने सम्मर बहादुर दर्जी रहेका छन् ।
पक्राउ परेका अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत समक्ष पेश गरिएको म्याग्दी प्रहरीले जनाएको छ ।
कानूनको शासन र दण्डहिनताको अन्त्यका लागि अपराध गरी समाजमा विभिन्न आवरणमा लुकिछिपि रहेका फरार व्यक्तिहरुको पहिचान गरी पक्राउ गर्ने अभियानलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता गरेको छ ।