रोल्पा, साउन १६ः बिहीबार रोल्पाको रुम्टीगढीमा ढुङ्गाले लागेर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुम्टीगढी गाउँपालिका–८ कुर्जा निबासी २६ बर्षका प्रेम पुन रहे रहेका छन् ।
खानेपानीको पाइपलाइन बनाउने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर गम्भिर घाइते भएका पुनको बिहिबार दिउँसो घरमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय होलेरीका प्रमुख तथा प्रहरी निरीक्षक मेघनाथ चापागाँइले जानकारी दिए ।
घाइते पुनलाई घरमा लगेर प्रथामिक उपचारपछि जिल्ला बाहिर लग्ने तयारी गर्दैगर्दा मृत्यु भएको प्रहरीले बताएको छ ।