पूर्व राजा ज्ञानेन्द्र किन जाँदैछन् जन्मदिन मनाउन नेपालगञ्‍ज?

| 2018 Jul 04 | 09:02 am 4324

काठमाडौ असार २०: पूर्व राजा ज्ञानेन्द्र शाह आफ्नो जन्मदिन मनाउन आज (बुधबार) नेपालगन्ज जाने भएका छन।दुई साता बस्नेगरि नेपालगन्ज जान लागेका ज्ञानेन्द्र शाह त्यहाँ रहेको आफ्नै होटल सोल्टीमा बस्ने स्रोतले जनाएको छ।

असार २३ गते ७२ औं वर्षमा प्रवेश गर्ने शाहले त्यहाँ रहँदा विभिन्न व्यक्तिहरू सँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।पूर्व राजा ज्ञानेन्द्र शाहको ७२ औं जन्मोत्सव मनाउनका लागि यज्ञप्रसाद आचार्यको संयोजकत्वमा एउटा समिति बनाईएको छ।

समितिले नेपालगन्जमा पुगेर ज्ञानेन्द्र शाहलाई अभिनन्दन गर्ने बुझिएको छ।शाह गत वर्षपनि लामो समयसम्म नेपालगन्ज बसेका थिए।

त्यसबेला उनी लखनउमा योगी आदित्यनाथलाई भेट्न समेत पुगेका थिए।नेपालगन्ज प्रति विशेष ध्यान र रुचि राख्ने पूर्व राजा ज्ञानेन्द्रले गतवर्ष नै होटल सोल्टी खोलेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.