प्रहरीलाई आर्थिक प्रलोभनमा पार्नखोज्ने चालक पक्राउ

रिपोर्ट नेपाल | 2020 Jul 30 | 03:52 pm 2337

मकवानपुर, साउन १५ः जिल्लाको भिमफेदी गाउँपालिका २ भैंसेस्थित चेकपोस्टमा प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहट चन्द्रपुर नगरपालिकामा डेरा गरी बस्ने महोत्तरी साविक गौशाला नगरपालिका १० घर भएका राम गणेश साह रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

डिउटीमा खटिएको प्रहरीले रौतहट चन्द्रनिगाहपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा १६ च ८९७१ नम्बरको मारूती भ्यानलाई जाँच गर्ने क्रममा उक्त भ्यानमा सुरक्षा मापदण्ड विपरीत बढी संख्यामा मानिसहरू चढाएकोमा त्यस्तो नगर्न सम्झाई बुझाई गर्दा ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुर्व्यवहार गरेपश्चात भ्यान चालक साहलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

चालक साहमाथि सार्वजनिक हित र नैतिकता विरूद्धको कसुरमा मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.