तनहुँ, साउन १४ः हाल बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस बिरुद्दको जनचेतना फैलाउदै रोकथाम तथा नियन्त्रणको लागी नेपाल सरकारको निर्देशन बमोजिम तनहुँ जिल्लाबासी जनताहरुमा सचेतना जगाउदै आएकोमा पछिल्लो समयमा उक्त कोरोना भाईरस अनपेक्षित रुपमा फैलिदै आएकोले त्यसको प्रत्यक्ष असर समाजमा देखा परेको छ ।
वर्तमान अवस्थालाई मध्यनजर गर्दै कोरोना रोकथामको लागि प्रयोग गरिने माक्स नलगाई पैदल हिड्ने तथा सवारी साधनहरु चलाउने व्यक्तिहरुलाई जिल्ला प्रशासन कार्यालय तनहुँको निर्देशन एवं जिल्ला प्रहरी कार्यालय तनहूँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहूँको सक्रियतामा कारवाही अभियान चलाएको छ ।
बुधबार माक्सको प्रयोग नगरी हिड्ने १ सय जना मानिसहरुलाई प्रतिव्यक्ति १ सयका दरले जरिवाना गरी कोरोना भाईरसको बारेमा पूर्ण रुपमा जानकारी दिई सम्झाई बुझाई गरी कारबाही एवं सचेतना गराइएको प्रहरीले जनाएको छ ।
चोरी मुद्दाका फरार अभियुक्त ४ वर्षपछी पक्राउ
विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएकोमा चोरी मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका वडा नं १० खहरेकी २० वर्षीया अन्जु दरै रहेकी छन् ।
उनी उपर तनहुँ जिल्ला अदालतको २०७३ पुस ७ गतेको फैसलाले १ महिना कैद र ४१ हजार ७ सय ६० रुपैयां जरिवाना तोकेकोमा तोकिएको कैद मध्ये कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहेकी थिइन् ।
अभियुक्त दरैको खोजतलास गर्ने क्रममा २०७७ साउन १३ गते घरमै फेला पारी कानूनी रितपुर्वक पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।
उनीलाई सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरीएकोमा बाँकी कैद भुक्तानको लगि कारागार कार्यालय कास्की पठाएको छ ।