दार्चुला, साउन १३ः जिल्लाको दुहुँ गाउँपालिका ३ स्थित खेती भन्ने स्थानमा रहेको एक घर पहिरोले पुरिदा बेपत्ता भएका दुई जनाको शव एपीएफ टोली र स्थानीय प्रहरीले फेला पारेको छ ।
सो घटनाबारे जानकारी पाउनासाथै खोजी तथा उद्वार कार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५० गुल्म दार्चुलाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पहिरोले पुरिएका दुवै जनाको शव फेला पारेको हो ।