- सन्तोष महतारा
गुल्मी, साउन १३ः गुल्मीमा शैक्षिक संस्था खोल्नेलाई कारबाही गरिने भएको छ ।
नेपाल सरकार मन्त्रीपरिषद्को गत साउन ५ गते भएको निर्णयले शैक्षिक संस्थाहरु अर्को सूचना जारी नहुन्जेलसम्म संचालन नगर्न भनेपनि जिल्लामा केहि संस्थागत , सामुदायिक तथा क्याम्पसहरु संचालन गरेको पाइएकोले शैक्षिक संस्था खोल्नेलाई कारबाही गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण गरिएको लकडाउन खुलेपनी विद्यालयमा बढी भिडभाड हुनेभएकाले कोरोना भाइरसको जोखिम कायमै रहेको भन्दै शैक्षिक संस्था नखोल्न नेपाल सरकारले नै अनुरोध गरेको हो ।
“जिल्लामा संचालित संस्थागत, सामुदायिक विद्यालय तथा क्याम्पसहरु, कोचिङ्ग केन्द्र तथा ट्युसन केन्द्रको नाममा खोलिएको पाइएमा संक्रामक रोग नियन्त्रण ऐन,२०२० बमोजिम कार्बाही गरिने छ ।” प्रमुख जिल्ला
अधिकारी भरत कुमार शर्माले भने ।
